झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली बिजयी


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ मँसिर

प्रतिनिधि सभा सदस्य चयन निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिजयी भएका छन् । उनले कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८५७६ मतान्तरले हराएर आफु छैटौं पटक संसदीय निर्वाचनमा बिजयी भएका हुन् ।

सो क्षेत्रबाट एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले ५२ हजार ३१९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३ हजार ७४३ मत मात्र ल्याए । अघिल्लो पटक पनि ओलीले यो क्षेत्रबाट पाण्डब अधिकारीलाई नै पराजित गरेका थिए ।

ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आएका छन् । उनी ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ६ बाट निर्वाचित भएका थिए । ओली ०५६ मै झापा २ बाट समेत निर्वाचित भएका थिए ।

०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा ओली झापा क्षेत्र नं. ७ बाट निर्वाचित भएका थिए । राज्य पुर्नसंरचनापछि साविकको ६ र ७ नम्बर हाल झापा ५ भएको छ । झापा ५ बाट ०७४ उनी सर्वाधिक मतकासाथ निर्वाचित भएका थिए ।