माओबादीबाट रोल्पा १ वर्षमान पुन, सिन्धुपाल्चोक १ मा माधव सापकोटा र बाग्लुङ २ मा देवेन्द्र पौडेल बिजयी


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ मँसिर

प्रतिनिधि सभा सदस्य चयन निर्वाचनमा नेकपा माओबादी केन्द्रबाट रोल्पा १ मा वर्षमान पुन, सिन्धुपाल्चोक क्षेत्र नं. १ मा माधव सापकोटा र बाग्लुङ क्षेत्र नं. २ मा देवेन्द्र पौडेल बिजयी भएका छन् ।

माओबादी केन्द्रका तर्फबाट वर्षमान पुनले रोल्पा १ मा ४१ हजार ७१४ मत प्राप्त गरी बिजय हाँसिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले १६ हजार ४८५ मत मात्र प्राप्त गरे ।

यस्तै सिन्धुपाल्चोक क्षेत्र नं. १ मा माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् । माओवादीका पोलिटब्युरो सदस्य सापकोटाले निकतटम प्रतिस्पर्धी एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५६ मन्तातरले पराजित गरेका हुन् ।

विजयी सापकोटाले ३० हजार ३ सय ७४ मत पाए भने पूर्वप्रदेशमन्त्री नेपालले २७ हजार १८ मत ल्याए । राप्रपाका नारायण पाण्डेले १ हजार ६ सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले ३ हजार ४ सय ९८ मत ल्याएका छन् ।

यस्तै माओबादी केन्द्रका तर्फबाट बागलुङ २ बाट देवेन्द्र पौडेल निर्वाचित भएका छन् । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री पौडेलले २४ हजार ७७९ मत प्राप्त गरे ।

उनका प्रतिद्वन्दी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरिन् । यो क्षेत्रबाट पौडेल लगातार दोस्रो पटक सांसद चुनिएका हुन् । २०७४ सालमा २८ हजार ८ सय २७ मत ल्याएर उनी प्रतिनिधि सभा सांसदमा चुनिएका थिए ।