काठमाडौं ६ बाट स्वतन्त्र पार्टीका शिशिर खनाल बिजयी


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ मँसिर

नेपाल स्वतन्त्र पार्टीलाई फेरी अर्को सफलता मिलेको छ । यस पटकको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले विजयी हाँसिल गरेका छन् । उनी एमाले उम्मेदवार तथा प्रहरी पूर्व आईजिबी सर्वेन्द्र खनाललाई हराउँदै उनी बिजयी भएका हुन् । त्यहाँबाट शिशिरले १४ हजार २ सय ४ मत ल्याउँदा सर्वेन्द्रले ८ हजार ९ सय ११ मत मात्र ल्याए ।

यस्तै कांग्रेसका पूर्व मन्त्री भीमसेनदास प्रधानले ८ हजार ८०५ मत, प्राप्त गरेका छ । शिशिरको बिजय सहित राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा चार सिट प्राप्त गरिसकेको छ ।