सुवर्ण र दीपाले ल्याए पाउजुलाई भन्छ चुरीले


ब्युटी न्युज नेपाल
काटमाडौं, २९ साउन

यो तीजलाई लक्षित गरेर गायक तथा संगीतकार सुवर्ण कुमार र गायिका दीपा कोईरालाको स्वरमा नयाँ तीज भाका पाउजुलाई भन्छ चुरीले…को भिडियो रिलिज गरिएको छ । यो गीतको भिडियोलाई भिडियो क्राफ्ट नेपाल युट्युव च्यानलबाट रिलिज गरिएको हो ।
यो गीतमा सुवर्णकुमार र दिपासँगै रञ्जु मगरको स्वर रहेको छ । जसमा शब्द तथा संगीत सुवर्ण कुमारले तयार गरेका हुन् ।

गीतको भिडियो नृत्य प्रधान बनेको छ । जसमा कोरियोग्राफर मनराम केसीको छ भने श्रृङ्गार गितान्जली योगीले गरेकी छिन् । दुर्गा पुरीले निर्माण गरेको यो भिडियोलाई राजुराज पुरीले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा राजुराज पुरी, सुनिता के.सी., रमेश ढकाल, मन्दिरा क्षेत्री, लवजी गिरी, कमला लामिछाने, बाबुराम पराजुली, निमा डोमा शेर्पा, रमेश सुनुवार, रामप्रसाद गिरीलगायतका कलाकार छन् । भिडियोमा कोरसको रुपमा रेनुका खत्री, दिपा गौतम, मनिसा ठाकुर, अस्मिता विक, विपासना श्रेष्ठ, प्रमिका सिलवाल, एलिशा श्रेष्ठ, शशीकला मगर, वर्षा शाह, अनु परियार, काजल सिलवाल, पूजा मगर र अनिता थिङ रहेका छन् ।