बेलायतबाट आयो प्रश्ना शाक्यको माईती आँगन


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ साउन

गायिका प्राश्ना शाक्यको स्वरमा नयाँ तीज गीत ‘माइती आँगन’को भिडियो सार्वजनि भएको छ । यो वर्षको हरितालिका तीजको अवसरलाई लक्षित गर्दै सम्पूर्ण नारीहरुमा प्रवासमा रहेका नेपालीको तर्फबाट उपहार स्वरुप यो तीज गीत भिडियो सार्वजनिक गरिएको हो । गीतमा मन्जु खनालको शब्द रचना तथा सुनिल मास्केको संगीत रहेको छ ।

यो गीतको भिडियोमा तीजमा जम्मा भएर चेलीहरुले रमाइलो गरेको प्रसंगलाई देखाईएको छ । बिनिता थापाको कोरियोग्राफी रहेको भिडियोको कलर संयोजन भरत रेग्मीले गरेका छन् ।

भिडियोमा आस्था जोशी, रोश्ना कार्की, दिपिका श्रेष्ठ, निरु कोइराला, रिमा कंडेल, अमिका महत, शिक्षा पौडेल, बिनिता थापा, बिनी खनाल, प्रतिमा पाण्डे, मेरिना थापा, दिपक थापा मैथाने मगरको नृत्य रहेको छ । भिडियो इनफोकस यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

कुशल श्रेष्ठको छायांकन,सम्पादन र निर्देशन रहेको रहेको यो गीतको भिडियो बेलायतबाट निर्माण गरिएको हो । बिदेशमा रहेर पनि नेपालीहरु आफ्नो संस्कृति प्रवर्धनको लागि सक्रिय छन भन्ने सन्देश यो भिडियोले दिएको छ ।