प्रकाशको फस्ट लुक्समा प्रदीपसँग रेणु बल्ल सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ असार

थुप्रै सफल नाटकमा अभिनय गरिसकेकी रेणु योगीले चलचित्र ‘प्रकाश’बाट ठुलो पर्दामा डेब्यु गर्दैछिन । उनले यो डेब्यु चलचित्रमै लोकप्रिय अभिनेता प्रदिप खड्कासँग अभिनय गर्ने अबसर पाएकी छिन् ।

भाद्र १० गतेबाट प्रदर्शन हुने चलचित्र प्रकाशको प्रचार प्रसार तिब्र पारिएको छ । यसै क्रममो यो चलचित्रकी अभिनेत्री रेणु योगीलाई समेटिएको पोष्टर पनि सार्वजनिक भएको छ । जसमा अभिनेता प्रदीप खड्का र रेणु रहेका छन् । यस अघि रेणुको पोष्टर ल्याईएको थिएन । यस अघि अभिनेत्री दीया मास्के र प्रदीपलाई मात्र प्रचार प्रसारमा महत्व दिईएको थियो ।

आफु र प्रदिप प्रस्तुत पोष्टर सार्वजनिक गर्दै रेनुले प्रदिपको प्रसंसा गरेकी छिन । प्रदिपलाई स्टार भन्दै उनले आफुले ‘प्रकाश’मा सँगै काम गर्दा उनीबाट प्रभावित भएको बताएकी छिन ।

सामाजिक सञ्जालमा लामो स्टाटस् लेख्दै रेणुले प्रदिपले सुरुवात देखि कथा, पात्र र चरित्रलाई लिएर देखाएको उत्साह, मेहनत अनि लगन देखेर आफु प्रभावित भएको उल्लेख गरेकी छिन । दिनेश राउतले निर्देशन गरेको यो फिल्ममा प्रदीप र रेणुसँगै दीया मास्केको मुख्य भूमिका छ ।