समुन्द्र सबै सराव भए भन्दै आर्यन र श्री


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असार

गायक शिव परियारले नयाँ गीत बजारमा ल्याएका छन् । उनको स्वर नयाँ गजल गीत ‘समुन्द्र सबै सराव भए’को भिडियो युट्युवबाट सार्वजनिक भएको छ । जसमा संगीतकार आलोकश्रीको संगीत छ भने गीतका शब्द हरि पौडेलले कोरेका हुन् । महाराज थापाको संगीत संयोजना रहेको गीत गुन्जन स्टुडियोमा रेकर्ड भएको हो ।

गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा अभिनेता आर्यन सिग्देल र श्री थपलियाको अभिनय देख्न सकिन्छ । निकै तामझामका साथ बनाइएको भिडियोमा एक सराबी प्रेमीले आफ्नो प्रेमीकालाई फकाउने प्रेमीकथा बुनिएको छ ।

थुप्रै कोरस प्रयोग गरेर आकर्षक नृत्य सहित बनाइएको भिडियोमा सुदीप बरालको छायांकन, भरत रेग्मीको सम्पादन छ । भिडियोको कोरियोग्राफी तथा निर्देशक कबिराज गहतराजले गरेका हुन् ।