खस्किएको हिट्स म्युजिकमा कमजोरलाई अवार्ड


हरेक वर्ष स्तर खस्कँदै गएको हिट्स एफएम म्युजिक अवार्ड १९ औं संस्करणसम्म आईपुग्दा यस पटक झन फित्तलो भयो। यो अवार्ड शुक्रबार साँझ काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा प्रदान गर्दा बहुसँख्यक अवार्ड दर्शकलाई चित्त बुझेन।

हिट्स एफएमद्धारा आयोजिता कार्यक्रममा नेपाली सँगीत क्षेत्रमा चार दशक भन्दा लामो समय देखि योगदान पु¥याएको भन्दै अग्रज गायक दीप श्रेष्ठलाई ‘हिट्स म्युजिक लाईफ टाईम एचिभमेन्ट अवार्ड–२०७४’बाट सम्मान गरियो। जीवन भर सँगीत क्षेत्रमा लागि रहने सबैलाई यस्तो अवार्डको चाहना हुने गरेको बताउँदै गायक श्रेष्ठले यो अवार्ड पाउँदा खुसी व्यक्त गरे।

वर्षको सर्वाधिक सफल गीत सुन साईली…ले चार ओटा विधामा ओ अवार्ड जित्यो । अवार्ड समारोहमा सुन साईली…गीतबाट गायक रानाले सर्वोत्कृष्ट पुरुष पप गायन र सर्वोत्कृष्ट गीतको अवार्ड हाँसिल गरे । यही गीतबाट सँगीतकार कालीप्रसाद बासकोटाले सर्वोत्कृष्ट पप रक संगीत सृजनाको अवार्ड र रिकेश गुरुङले सर्वोत्कृष्ट संगीत संयोजनको अवार्ड प्राप्त गरे । सर्वोत्कृष्ट चलचित्र गीतको अवार्ड पनि चलचित्र लुट–२ को ठमेल बजार…गीतबाट कालीप्रसाद बोसकोटालाई प्रदान गरियो।

पप गायिका बर्तिका एम राईले पनि शुक्रबार प्रदान गरिएको यो संस्करणमा दुई ओटा अवार्ड पाईन् । उनलाई अवार्ड प्रदान गर्दा उनी स्वयँ कार्यक्रममा थिईनन् । यो विधामा मनोनयनमा परेको राजेन्द्र थापा, बीरेन्द्र पाठक, एक नारायण भण्डारीका शब्दको तु्लनामा निकै कमजोर शब्द भएको गीत खै…बाट बर्तिकालाई उत्कृष्ट गीत रचनाको अवार्ड उनको प्रतिनिधिलाई दिँदा धेरैले हिट्स अवार्डका जुरी को थिए भन्ने प्रश्न उठाए । त्यसो त बर्तिकालाई यही गीतबाट उत्कृष्ट पाप गायिकाको अवार्ड पनि बाँडियो।

यस्तै रक गायन तर्फ च्याङ्बा…गीतबाट एक्सिस् व्यान्डलाई, समुह गायन तर्फको अवार्ड गणेश गणनायक…गीतबाट सत्याकृतलाई, लोकगीत तर्फको अवार्ड आमाको तस्बिर हातैमा…बाट बिरही कार्कीलाई, नव प्रतिभा तर्फको अवार्ड सँधै सँधै…गीतबाट समिक सापकोटालाई प्रदान गरियो।

आधुनिक गायन पुरुष तर्फ यसपटक शिप परियारको पप शैलीको गीत खहरे खोला…लाई अवार्ड दिँदा धेरैलाई चित्त बुझेन । यो भन्दा उत्कृष्ट गीत मनोनयनमा परेको राजेश पायलको कुल्ची हिँड…, कर्णदाशको सङ्लो सङलो…र अजर जँगमको आज फेरी…थियो । आधुनिक गायन महिला तर्फ पूर्णिमाको रात…गीतबाट बानिका प्रधानलाई हिट्स अवार्ड प्रदान गरियो । संगीतकार हरि लम्साललाई आज फेरी…गीतबाट सर्वोत्कृष्ट संगीत सृजनाको अवार्ड दिईयो । यो गीतको सँगीत आफैंमा राम्रो थियो।

सोही कार्यक्रममा यो वर्षको युगल गायन अवार्ड दम्पत्ति उदय सोताङ र मनिला सोताङलाई दुई दिनको…गीतबाट प्रदान गरियो ।