चन्द्र पन्तको ‘आ बाट आमा २’मा पलको जोडी निकिता आचार्य


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ जेठ

तीन दिन पछिबाट छायांकनमा जाने नेपाली चलचित्र ‘आ बाट आमा २’मा आवस्यक कलाकारहरु अनुबन्धित भईसकेको छ । चलचित्रमा अभिनेता पल शाहको जोडीमा अभिनेत्री निकिता आचार्य अनुबन्ध गरिएको छ । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने यो चलचित्रमा निकितालाई बिहीबार औपचारिक कार्यक्रमबिच अनुबन्धित गरिएको हो ।

चलचित्रमा अनुबन्धित गरिएपछि निर्देशक पन्तले सञ्चारकर्मीलाई भने, ‘हामीले निकितालाई फिल्मको एक मुख्य भुमिकामा अनुबन्ध गरेका छौँ।’

निकिताले यस अघि केही फिल्ममा अभिनय गरिसकेकी छन्। आगामी असोज ३० गते अर्थात दसैंको फूलपातीबाट प्रदशर्नमा आउने यस फिल्ममा यसअघि पल शाह,आकाश श्रेष्ठ,विपना थापा,प्रदीप रावतका अलवा साइग्रेस पोखरेल,गजित बिष्ट,नरेन खड्का अनुबन्धित भइसकेका छन्।

यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ । नेपालमा यस फिल्मको वितरण भने आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाइली रहेका छन् ।