ट्रेलरमा रुचाईयो कान्छी (भिडियो)


आफ्ना दिवँगत पति श्रीकृष्ण श्रेष्ठको स्मरणमा अभिनेत्री श्वेता खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’को ट्रेलर दर्शकको रोजाईमा परेको छ। यो चलचित्र आगामी ४ फागुनबाट देशव्यापी प्रदर्शनीमा आउँदैछ। चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा रिलिज गरिएको लरमा कान्छीलाई दर्शकले रुचाएका छन्।

कान्छीको ट्रेलरमा श्वेतासँग दयाहाङको प्रेम र यी दुईको बाधकका रुपमा बिनोद न्यौपानेलाई प्रस्तुत गरिएको छ। दयाहाङ नाटकका एउटा कलाकारका रुपमा प्रस्तुत भएका छन् । दयाहाङले कान्छी (श्वेता)लाई पाउन गरेको सँघर्षलाई कान्छीको ट्रेलरमा महत्व दिईएको छ। भूमिका श्रेष्ठ र कामेश्वर चौरसियालाई तेस्रो लिँगीको रुपमा तथा दलित बनेका आशान्त शर्माको उपल्लो जातसँगको प्रेममा सँघर्षलाई पनि ट्रेलरमा खुलाईएको छ।

छोटो समयमा ट्रेलरलाई रुचाईएकोमा यसका निर्देशक आकाश अधिकारीले खुसी व्यक्त गरेका छन्। बिभिन्न देशबाट चलचित्र कान्छी प्रदर्शनको लागि प्रस्ताव आएको र केही देशमा यो चलचित्र प्रदर्शनको लागि बिक्री एवँ बुक समेत भईसकेको आकाशले बताएका छन्।

मुस्ताङको जोमसोम आसपास छायाँकन गरिएको यो चलचित्रको बाँकी कलाकारमा नीर शाह, अनु शाह, प्रज्वल सुजल गिरी, जयनन्द लामा लगायत छन्। शम्भुजीत बासकोटा, राजनराज शिबाकोटी, अर्जुन पोखरेलको संगीत, बसन्त श्रेष्ठको नृत्य, पुरुषोत्तम प्रधानको छायाँकन, बनिश शाहको सम्पादन यो चलचित्रमा रहेको छ।
ट्रेलर हेर्नुहोस्