निर्माण नहुँदै अमेरिका र क्यानडामा ‘आ बाट आमा २’ वितरण बिक्री


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ वैशाख

नेपाली चलचित्र ‘आ आमा २’को अमेरिका र क्यानडामा प्रदर्शनको वितरण अधिकारी बिक्री भएको छ। निर्माण टिमले फिल्मको घोषणा गरे लगत्तै यी दुई देशमा वितरणको लागि चलचित्र बिक्री भएको हो । फिल्म्सले यो फिल्मलाई महँगो रकममा खरिद गरेको हो। बुझिए अनुसार नेपाली फिल्मकै इतिहासमा सबैभन्दा महँगो रकममा ‘आ बाट आमा २’अमेरिका र क्यानडा रटाइस् बिक्री भएको हो। फिल्मको सुटिङ नहुँदै विदेश फिल्म वितरकले धमाधम फिल्मको वितरण अधिकार लिइरहेका छन्। यस फिल्ममा अहिलेसम्म सबै कलाकारहरू फाइनल भइसकेका छैनन्। तर यो फिल्मको पहिलो भाग अर्थात् ‘आ बाट आमा’ले नेपालमा सर्वाधिक कमाई र चर्चा कमाएको थियो। सोही प्रभावका कारण अहिले विदेशमा रहेका वितरकहरूले ‘आ बाट आमा २’प्रदर्शन अधिकार खरिद गर्न थालेका हुन्।बिपना थापा,आशा श्रेष्ठ,प्रदीप रावत,गजित बिष्टलगायत कलाकार अनुबन्ध भएका छन्।

अन्य कलाकार तथा फिल्मको अभिनेत्रीहरु भने छनोट हुन बाँकी नै छ। तर यस फिल्मको चर्चा र हाइप भने फिल्मको सुटिङ नहुँदै बढिरहेको छ।सोल्ट आउट भइसकेको बताए। उनका अनुसार दुई देशका लागि महँगो पैसामा बिक्री गरिसकिएको छ। अन्य देशका वितरकहरूले पनि फिल्मको प्रदर्शन अधिकार मागिरहेका छन्। कुरा नमिलेकाले अहिले फाइनल भइसकेको छैन। त्यहाँको वितरक टिम डोको फिल्मस्ले महँगो रकममा किनिसक्नुभएको छ। अन्य देशमा पनि कुराकानी चलिरहेको छ। जुन छिट्टै सार्वजनिक गछौँ। ’

छायांकनको समय तालिका केहि दिनमा नै टुङ्गो लाग्ने बताए। उनले अहिले यस फिल्मका लागि कलाकार तथा अन्य प्राविधिक पक्षको छनोट भइरहेको र छिट्टै फ्लोरमा जाने जानकारी दिए। दसैं अर्थात् ३० असोजमा प्रदर्शनमा आउने यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहने छ। यस फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिइसकेको छ । आर्या इन्टरटेन्टमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।