माया गाँठोमा रविन र एन्जिला


काठमाडौं । गायक कमल श्रेष्ठ र गायिका मेलिना राईको युगल स्वरमा गीत ‘माया गाँठो पर्ला’ सार्वजनिक भएको छ । उत्तमजंग लिम्बुको शब्द, संगीत र सन्जीव सुब्बाको एरेन्ज रहेको गीतको भिडियोलाई गायक कमल श्रेष्ठको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

रविन बिस्ट र एन्जिला बानियाको अभिनय रहेको भिडियोमा नरेन मोक्तानको छायांकन, प्रदीप बस्नेतको सम्पादन र दिन्सन शाहको कलर ग्रेडिंग रहेको छ । भिडियोका निर्देशक देवजंग थापा हुन् ।