नेपालमा कोरोना सँक्रमित सँख्या १ लाख नाघ्यो, मृतक ६०० पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ असोज

आज शुक्रबार नेपालमा थप २ हजार ५९ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार ५९ जनामा कोरोना सँक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कूल सँक्रमितको सँख्या १ लाख नाघेको छ । हाजसम्म १ लाख ६७६ जनामा कोरोना पुष्टी भईसकेको छ । काठमाडौं उपत्यकामा आज १३०९ जनामा कोरोना सँक्रमण पुष्टी भएको डा. गौतमले बताएका छन् । जस मध्ये काठमाडौंमा १ हजार ११६ जना, भक्तपुरमा १३० जना र ललितपुरमा १६३ जना कोरोना सँक्रमित भएका छन् ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६८० जना कोरोनालाई जितेर घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोना मुक्त हुनेको सँख्या ७३ हजार २३ जना पुगेको छ । हाल देशभरका विभिन्न आईसोलेसन सेन्टरमा २७ हजार ५३ जना कोरोनाको उपचाररत छन् । यस्तै हाल ४ हजार ७०३ जना क्वारेन्टिनमा रहेका छन् ।

डा. गौतमका अनुसार नेपालमा कोरोना भाइरसको सँक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ पुरुष र १ जना महिला रहेका छन् । मृतकहरुमा काठमाडौंकी १ महिला रहेकी छिन् । यस्तै मृतक पुरुषमा झापाका दुई जना, सुनसरीका ३ जना, काठमाडौंका १ जना, ललितपुरका १ जना रुपन्देहीका २ जना रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सँक्रमणबाट मृत्यु हुनेको सँख्या ६०० जना पुगेको छ ।