आज १३५१ जनामा सँक्रमण, ७४२ जना डिस्चार्ज


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ असोज

नेपालमा आज सोमबार १ हजार ३५१ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ ।स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको स्वाब परिक्षण गरिएको देशमा १ हजार ३५१ जनामा कोरोना सँक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सँक्रमितको कुल सँख्या ७४ हजार ७४५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७१७ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । सँक्रमितहरुमा काठमाडौंमा ६४९ जना ललितपुरमा १३२ जा र भक्तपुरमा ३६ जना रहेका छन् ।

डा. गौतमका अनुसार यतीबेला ६ हजार ३१० जना क्वारेन्टिनमा रहेका छन् । यस्तै यतिबेला देशमा १९ हजार ६२४ जना आइसोलेशनमा रहेको पनि उनले बताए ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ७४२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या ५४ हजार ६४० जना पुगेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना सँक्रमणबाट मृत्यु भएको पनि उनले बताए । जसमा २ जना पुरुष र २ जना महिला रहेका छन् । मृतक पुरुषहरुमा बाँकेका १ जना, गुल्मीका १ जना रहेका छन् । यस्तै मृतक महिलाहरुमा सुनसरीको १ जना र भक्तपुरको १ जना रहेका छन् । यो सँगै कोरोनाबाट नेपालमा हालसम्म मृत्यु हुनेका संख्या ४८१ जना पुगेको पनि डा. गौतमले बताएका छन् ।