निर्देशक अधिकारीको महिला हिँसा बिरुद्ध ‘तिमी नारी’


ब्युटी न्युज नेपाल
काठमाडौं, २ भदौ

लक डाउनको बीच पनि निर्देशक राजु अधिकारीले लघु चलचित्र ‘तिमी नारी’ निर्माण गरेका छन् । १६ मिनेट लामो चलचित्रमा नारीले पाउने गरेको धोका,शोषण,दमन र बिद्रोहको कथा प्रस्तुत गरिएको छ ।

आशुतोष फिल्मस् प्रोड्क्सनको ब्यानरमा गिरीश भण्डारी निर्माता र बसन्त शर्माको प्रस्तुति रहेको चलचित्र चितवनमा खिचिएको हो । सि टिभी नेपाल नामक युट्युव च्यानलमा सार्वजनीक गरिएको चलचित्रमा केडी प्रसित,  रुक्सना खातुन, किरण गौतम, अजिता परियार, कमला भण्डारी, बिना मोक्ता तथा सुरज पोखरेलले अभिनय गरेका छन् ।

झण्डै एक दशक अघि एचआइभी पीडित नारीको संघर्ष र साहसको बिषयमा चलचित्र ‘द निर्मला’ निर्माण गरि अधिकारीले चर्चा कमाएका थिए ।

त्यसपछि ‘दिलमा सजाए तिमीलाई’, ‘लेकसाइड’,‘सुब्बा साहेब’,‘उल्झन’,‘मेरो आफ्नो’,‘माया बस्छ की के हो’ लगायतका ब्याबसायिक चलचित्र निर्माण गरेका छन् । ‘तिमी नारी’ को कथा आरती अधिकारीले लेखेकी हुन् ।