पुजा र प्रकाशको केशमा ७ सँस्थाको हस्तक्षेपसँगै एपी १ मा बैठक


ब्युटी न्युज नेपाल
काठमाडौं, ३२ साउन

नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीको प्रकरणले नयाँ मोड लिएको छ । पूजाले प्रकाश सुवेदी बिरुद्धा मुद्धा मामला सुरु गरेको यो प्रकरणले नयाँ मोड लिएको हो । अभिनेत्रीपूजाले प्रकाश बिरुद्ध प्रेस काउन्सिलमा मानहानीको मुद्धा दायर गरिसकेकी छिन् । यता चलचित्र सम्बन्धि ७ ओटा संस्थाले सँयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रकाश सुवेदीको कार्यक्रम ग्लामर गफ र रजतपटलाई घुमौरो शैलीमा बहिष्कारको घोषणा गरेका छन् ।

बहिष्कार गरेको दुई दिन पछि आईतबार यी सिनेकर्मीहरुले एपी १ टिभीका अध्यक्ष क्या. रामेश्वर थापासँग बार्ता गर्दै यो प्रकरणलाई मिलाईदिन अनुरोध गरे । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, अभिनेत्री पुजा शर्मालगायतका सिनेकर्मीले अध्यक्ष थापालाई भेटेर आफुहरु कार्यक्रम बहिष्कारको पक्षमा नरहेको र मिलेर अघि बढ्ने पक्षमा रहेको बताए । अध्यक्ष थापाले पनि कुनै आफ्नो तर्फबाट पुजा शर्मासँग सरी भन्दै अब मिलेर अघि बढ्नु पर्ने सुझाब दिए । कार्यक्रम बन्द गरेर कुनै फाईदा नहुने भनाई एपी १ का उपाध्यक्षले सो भेटघाटका क्रममा राखे ।

दुई दिन अघि मात्र सिनेमा सम्बन्धि ७ वटा सँस्थाको सिनेकर्मीहरुले एक विज्ञप्ति जारी गर्दै प्रकाश सुवेदीका कार्यक्रममा कुनै पनि सिनेकर्मीले सहभागीता नजाउनु निर्देशन दिएका थिए । विज्ञप्ति जारी गर्ने सात सँस्थाहरु नेपाल चलचित्र निर्माता संघका तर्फबाट अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र कलाकार संघका तर्फबाट अध्यक्ष रबिन्द्र खड्का, नेपाल चलचित्र निर्देशक समाजका तर्फबाट निर्देशक जनकदीप पराजुली, नेपाल चलचित्र प्राविधिक संघका तर्फबाट अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र संघका तर्फबाट अध्यक्ष मधुसुधन प्रधान, चलचित्र नृत्य संघका तर्फबाट कार्यवाहक अध्यक्ष जनक कार्की र नेपाल चलचित्र द्धन्द्ध कलाकार संघका तर्फबाट अध्यक्ष सूर्य थोक्कर रहेका छन् ।

पत्रकार प्रकाश सुवेदीले सञ्चालन गर्दै आएको दुई कार्यक्रम रजतपट र ग्लामर गफमा अब प्रकास र पूजाको मुद्धा टुँगो नलागेसम्म कसैले भाग नलिनु भनेर नेपाली चलचित्र सम्बन्धि ७ ओटा सँस्थाले एक विज्ञप्ति मार्फत निर्देशन जारी गरेका छन् ।

यी सात सँंस्थाले शुक्रबार मात्र एक सँयुक्त विज्ञप्ति जारी गर्दै ब्यक्तिगत स्वतन्त्रताको नाममा एपिवान टिभीबाट प्रशारण हुने दुई कार्यक्रम रजतपट र ग्लामर गफमा कलाकारको मानमर्दन गरेको शारीरिक बनोटको अबस्थाको अपेक्षा गरेको, ब्यक्तिगत चरित्र हत्या गरेको ठहर गरेका हुन् । सोही कारण पूजा शर्मा र प्रकाश सुवेदीको मुद्धा अन्त्य नभएसम्म कुनै पनि सिनेकर्मीलाई प्रकाश सुबेदीको कार्यक्रममा भाग नलिन उनीहरुले विज्ञप्ति मार्फत निर्देशन दिएका छन् ।

प्रकाश सुवेदी र पूजा शर्माको व्यक्तिगत झगडालाई ७ ओटा संघले बढी नै चासो लिएर पत्रकारलाई पेल्ने काम गरेको भन्दै मिडियाकर्मीले यतीबेला ७ ओटा संघको निर्णयको बिरोध गरेका छन् । संघले मिलाउनु पर्नेमा झन यो मुद्धालाई माथि उचालेको भन्दै बिरोध गरिरहेका छन् । आफुहरुले हतारमा विज्ञप्ति निकालेको भन्दै केही व्यक्तिहरुले यसलाई सच्याउने बताएका छन् ।

अभिनेत्री पूजा शर्माको भनाईमा दुई साता अघि प्रकाश सुवेदीले रजतपट कार्यक्रममा दाह्रे महानायिका भनेर आफ्नो मानमर्दन गरेका कारण उनले सुवेदी बिरुद्ध आबाज उठाएको बताउँदै आएकी छिन् । पुजाले यी सात मध्ये धेरैजसो सँस्थामा आफुलाई न्याय दिन निवेदन हालिसकेकी छिन् । यस्तै उनले प्रेस काउन्सिल नेपालमा पनि प्रकाश सुवेदी बिरुद्ध उजुरी हालिसकेकी छिन् । प्रेस काउन्सिलले पनि प्रकाश सुवेदीलाई उपयुक्त स्पिष्टिकरण पठाउनु भनेर पत्र काटिसकेको छ । आफुले सो विषयमा प्रेस काउन्सिलको नियम अनुसार माफी मागिसकेको र प्रेस काउन्सिलको पत्रको जवाफ पनि पठाएको भन्दै पत्रकार सुवेदीले कानूनी हिसावले यो बिबाद टुँगिएको बताएका छन् ।

तर अभिनेत्री पूजाले आफुले माफी नदिएको बताएकी छिन् । उनले प्रेस काउन्सिलको कारवाही पछि आफुलाई चित्त नबुझे अदालतमा जाने चेतावनी दिएकी छिन् । प्रेस काउन्सिलले अघि बढाएको यो बिषयमा फेरी सात ओटा सँस्थाले विज्ञप्ति जारी गरेर आगोमा घ्यु थपेको आरोप लागेको छ ।

video report