साँसद कुसुम कुमारी श्रेष्ठ कोरोना सँक्रमित


ब्युटी न्युज नेपाल
बिराटनगर २८ साउन

एकपछि अर्को गर्दै साँसदहरुलाई कोरोना सँक्रमण हुने क्रम बढेको छ । यसै क्रममा प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठ पनि कोरेना संक्रमित भएकी छिन् ।

इटहरीमा बस्दै आएकी साँसद श्रेष्ठले आफुलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको बताएकी छिन् । साउन २० गते स्वास्थ्यमा समस्या देखिएपछि शनिबार धरानमा स्वाब दिएको र कोरोना पुष्टी भएको उनको कथन छ ।

आफुसँग यो बिचको अबधिमा भेट भएका व्यक्तिहरुलाई आफ्नो कोरोना परिक्षण गर्न पनि उनले अपिल गरेकी छिन् । आफुले आत्मबल मजबुद बनाएर कोरोनालाई पराजित गर्ने उनले बताएकी छिन् ।