आज ३३८ जनामा सँक्रमण, कोरोनाबाट थप ४ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ साउन

नेपालमा आज सोमबार ३३८ जनामा कोरोना सक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार भेटघाटमा सो जानकारी गराए । पछिल्लो २४ घण्टामा ८४३२ जनाको पिसिआर परिक्षण गर्दा देशमा ३३८ जनामा कोरोना सँक्रमण पुष्टि भएको डा. गौतमले बताए ।

काठमाडौं उपत्यकामा सोमबार ४३ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले काठमाडौंका संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन । सबैभन्दा धेरै बाँकेमा ६३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३६, रौतहटका ३१, मकवानपुरका २३, पर्साका २२, सर्लाहीका २१, दैलेखका १७, प्युठान र मोरङका १५/१५ जना, धनुषाका १३ र कपिलपस्तुका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलाली र सल्यानका ७/७ जना, सिन्धुली ६, दाङ ५, ललितपुर, भक्तपुर र नुवाकोटका ४/४ जना, महोत्तरी, बारा र गोरखाका ३/३ जना, मोरङ, बर्दिया, तनहुँ र नवलपुरका २/२ जना तथा झापा, अछाम, अर्घाखाँची, बाग्लुङ, सिन्धुपाल्चोक, चितवन, स्याङ्जा, रोल्पा, सुर्खेत, बैतडी, बझाङ, पाल्पा, रामेछाप, रुपन्देहीका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ

योसँगै नेपालमा कोरोना सँक्रमितको कुल सँख्या २३ हजार ३१० जना पुगेको छ । डा. गौतमका अनुसार यतीबेला १० हजार ७५९ जना क्वारेन्टाईनमा रहेका छन् । यस्तै ६ हजार ७३८ जना आइसोलेशनमा रहेको पनि उनले बताए । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १४० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या १६ हजार ४९३ पुगेको छ ।

यस्तै कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ७९ जना पुगेको छ । पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोना सँक्रमणबाट निधन भएसँगै मृतकको सँख्या ७९ जना पुगेको हो ।