आज काठमाडौं उपत्याकामा ८७ जनालाई कोरोना 


ब्युटी न्युज नेपाल 

काठमाडौं, २२ साउन

नेपालमा कोरोना सँक्रमण फेरी बढेको छ । काठमाडौंमा पनि कोरोना सँक्रमण ह्वात्त बढेको छ । काठमाडौं उपत्याकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सरकारले काठमाडौंमा कोरोना सँक्रमित बढेपछि बिहिबारबाटै निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।