रेस्लर जुरेलीले मान्देउ न शिबजी भन्दा बिबादमा 


ब्युटी न्युज नेपाल

काठमाडौं, १३ साउन

 रेस्लर गायिका अस्मिता जुरेलीले नयाँ गीत ‘मान्देउ न शिवजी’ बोलको गीतको भिडियोमा रिलिज गरेकी छिन् । रिलिजसँगै उनको यो गीतको भिडियो बिबादमा छ । भगवान शिबमाथि अस्लिल हाउभाउ प्रकट गरेको आरोप उनलाई लागेको छ ।

यो बिबादको बारेमा आफु शिबको पूर्ण भक्त रहेको र शिबलाई पनि जे पनि गर्न तयार रहेको यी रेसरल गायिकाले ब्युटी न्युज नेपाललाई बताएकी छिन् । यो गीतको भिडियोमा उनी कामुक रुपमा प्रस्तुत भएकी छिन् ।

गीतमा शिवम अधिकारीको शब्द र ओम सुनारको संगीत छ । भिडियोमा अस्मिता जुरेली, दुर्गेश थापा, लोमोस शर्मा, अर्जुन गौतम, रविन हुड सेन, नरेशवीर सिंह, रमेश थापा, समिर खान, दिनेश कठायत, प्रेम खड्का, रविन प्ररब सेन, ध्रुव हिमाली, विश्व केसी, इश्वरी नेपाली, द हिमालयन टाइगर र भगवती खड्का(युनिका) फिचर्ड छन् ।

भिडियोमा नवराज उप्रेतीको छायांकन, समिर मियाँको सम्पादन र रंग संयोजन तथा शिव विकको कोरियोग्राफी र निर्देशन छ । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।