सुवर्ण र दीपाको गीतमा राहुल र सरिताको छम छम छम


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ साउन

यो वर्षको तीज पर्व नजिकिने क्रममा छ । यसै क्रममा गायक सुवर्णकुमार श्रेष्ठ र गायिका दीपा कोइरालाले यो वर्षको तीज पर्वलाई लक्षित गरेर नयाँ गीत बजारमा ल्याएका छन् ।

यी दुई कलाकारले नयाँ तीज भाका छमछम पाउजु…बजारमा ल्याएका हुन् । गीतमा पुरुष स्वरसँगै सुवर्णको शब्द र संगीत पनि रहेको छ ।

यसअघि थुप्रै गीत गाइसकेका सुवर्णको यो पहिलो तीज गीत हो । दीपाले यसअघि पनि तीज गीत ल्याइसकेकी छन् । यो तीज भाका सुवर्णले नै तयार गरेका हुन् ।

यसपटकको कोरोना संक्रमणबाट आफूहरूलाई सुरक्षित राख्दै र अहिलेको तनाव मुक्त गर्न यो गीतबाट अनुरोध गरिएको छ ।

दर्जनांै चलचित्रमा अभिनय गरिसकेका अभिनेता राहुल श्रेष्ठको यो गीतमा अभिनय र नृत्य रहेको छ । गायिका, मोडल एवं ब्युटी न्युज नेपालकी समाचार संयोजक सरिता भारती र राहुल यो गीतमा जोडी बनेर प्रस्तुत भएका छन् । यी जोडीको नृत्य र अभिनयलाई दर्शकले मन पराएका छन् । यो गीतलाई काठमाडौंको सितापाइलास्थित आदेश्वर मन्दिरमा यो गीतको भिडियो छायांकन गरिएको हो ।

‘छमछम पाउजु…’को भिडियोलाई भिडियो क्राफ्ट युट्युब च्यानलबाट रिलिज गरिएको छ । यो गीतलाई दर्शकले अहिले मन पराएका छन् । यो गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी छबी थापामगरले गरेका हुन् । जसमा मोहनिष श्रेष्ठको छायांकन रहेको छ ।