आज १३९ जनामा कोरोना सँक्रमण, थप ३ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ साउन

आज नेपालमा १३९ जनामा कोरोना भाईरस सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार आयोजित पत्रकार भेटघाटमा पछिल्लो २४ घन्टामा १३९ जनामा कोरोना सँक्रमण देखिएको बताए ।
यो सँगै नेपालमा हालसम्म कोरोना सँक्रमितको कुल सँख्या १८ हजार ७५२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

धनुषाका ३६ बर्षिय पुरुष, बाराका ६० वर्षीय पुरुष र भारतका ६५ वर्षीय पुरुषको उपचारको क्रममा कोरोना सँक्रमणबाट मृत्यु भएको पनि डा. गौतमले बताए । योसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ४८ जना पुगेको छ ।

यस्तै यतीबेला देशभरको आईसोलेसन सेन्टरमा ४ हजार ९५० जना कोरोना सँक्रमित उपचाररत छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या १६ हजार ३७१ जना रहेको छ ।

कोरोनाबाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या ६२६ जना रहेको पनि डा. गौतमले बताए । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १३ हजार ७५४ पुगेको छ ।