सरोज र आस्माको मायाँको टेष्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ साउन

गायक विश्व नेपालीको नयाँ गीत टेष्ट गरौं…को भिडियो दर्शकमाझ आएको छ । आइतबार सार्वजनिक गरिएको यो गीतमा एक नारयण भण्डारीको शब्द, आशिष अविरलको संगीत तथा संयोजन रहेको छ ।

यस गीतको भिडियोमा ’कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य समेटिएको छ । प्रेम प्राप्तिका लागि एक युवाले गरेको सङ्घर्षलाई भिडियोको मुख्य विषयबस्तु बनाइएको छ । ट्रि इन्टरटेन्टमेन्टको प्रस्तुती रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

भिडियोमा राजिव समरको नृत्य निर्देशन, अर्जुन तिवारीको छायाँकन निर्देशन, बुद्ध थापाको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।