गायक केशबराज आचार्यले ल्याए प्रेमको जेल….


ब्युटी न्युज नेपाल
काठमाडौं, २० असार

हाल नर्वेमा बस्दै आएका गायक केशबराज आचार्यले आफ्नो स्वरमा नयाँ गीत बजारमा ल्याएका छन् । म कैदी प्रेमको जेलबाट छुटने रहर छ…गजललाई आफ्नो स्वरमा रेकर्ड गरेर गायक आचार्यले यो गजलको भिडियो यतीबेला रिलिज गरेका छन् ।

यो गजललाई गजलकार दिपक समीपले लेखेका हुन । यो गीत भिडियोलाई हाइलाइट नेपालबाट रिलिज भएको हो । गीतमा स्वर र संगीत आचार्यकै रहेको छ । यो गीतको एरेन्ज जुगल डंगोलले गरेका हुन् । यो गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र अभिनेता नरेन खडकाकाले अभिनय गरेका छन् । दिपा घिमिरे आचार्यको निर्माण रहेको गीतको भिडियो निर्देशन मोहनराज अधिकारीले गरेका छन् । अमृत सुनुवारको छायाङकन रहेको गीतको सम्पादन माधव बेल्बासेले गरेका छन् 

पोखरा कर्मथलो भएका गायक आचार्य इन्जिनियरिङका विद्यार्थी थिए । तर संगीत प्रतिको मोहले उनलाई इन्जिनियरको सपनालाई पनि बीचमै छाडीदिए । संगीत प्रतिको लगावका कारण उनी देश छाडेर नर्वे आए । नर्वे आएर उनले संगीत सम्बन्धी अध्ययनमा जुटे ।

 

यी संगीतमा उनले नर्वेको युनिभसिटीबाट संगीतमा डिग्री हासिल गरे । परदेशी भुमीमा समेत उनी गीत संगीतमा लागेका छन् । यही क्रममा उनको मिहिनेबाट कैदी प्रेमको गीत बजारमा आएको छ ।