सरिता गिरीको सांसद पद खोसिँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, १ असार

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो भन्नेकुरा अस्विकार गर्दै भारतको पक्ष लिँदै आएकी समाजवादी पार्टीले सांसद सरिता गिरीको साँसदपद खोसिने भएको छ । सरिता गिरी समानुपातिकतर्फको सांसद हुन् ।

उनलाई पार्टी र सांसद दुबै पदबाट हटाउने तयारी पार्टीले गरिरहेको छ । उनी शनिबार नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी थिईन् । सो क्रममा उनले पार्टीको ह्विप उल्लंघन गर्दै नक्सासम्बन्धी संविधान संशोधनको विपक्षमा लागिन् । यसरी पार्टीको ह्वीप नमानेको र राष्ट्रियताको विपक्षमा उभिएका कारण उनको सांसद पद खोस्न लागेको सो पार्टीको एक नेताले बताएका छन् ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।

अहिले सरिता गिरीको नेपालमा सर्वत्र विरोध भईरहेको छ । त्यसैले पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने भएको छ ।