सन्तोषको ‘तिम्रो मेरो दिलको बास…’


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ जेठ

संगीतकार सन्तोष श्रेष्ठले नयाँ गीतको भिडियो युट्युवबाट सार्वजनिक गरेका छन् । संगीतकार सन्तोषले आफ्नो नयाँ गीत ‘तिम्रो मेरो दिलको बास…’को लिरिकल भिडियो दर्शकलाई प्रस्तुत गरेका छन् ।

उनको यो आधुनिक गीतमा प्रमोद खरेल र अन्जु पन्तको स्वर रहेको छ । यो गीतको सन्तोष श्रेष्ठले नै शब्द लेखेको हुन् । संगीतकारका रुपमा चर्चा कमाएका उनले आफ्नै शब्दमा यसपटक आधुनिक गीत सार्वजनिक गरेका हुन् ।

यो गीतमा कमल सौरागको एरेन्ज र किशोर थापाको रेकर्डिङ तथा मिक्सिङ छ । सगरमाथा डिजिटलको प्रस्तुति रहेको गीत कर्णप्रिय बनेको छ ।

पछिल्लो समय आधुनिक गीत संगीत सृजनामा सन्तोष अब्बल मानिएका छन् । आफुले ८ सय भन्दाबढी गीतमा संगीत दिईसकेको उनले बताएका छन् ।

यो नयाँ गीतको हाल लिरिकल भिडियो ल्याए पनि लकडाउन सकिएपछि यो गीतको म्युजिक भिडियो पनि बनाउने श्रेष्ठले बताए । ६१ दिनदेखि मुलुक लकडाउनमा भएकाले छायाँकन गरेर म्युजिक भिडियो बनाउन गाह्रो छ ।

https://youtu.be/Z6GPn6tmAQc?t=78