चेरिष्मा नाइटमा सञ्चितालाई ताली र हुटिङ


काठमाडौं । पोखरामा हालै भएको ‘चेरिष्मा फेशन नाईट २०७४ सिजन २’मा सुन्दरी नायिका सञ्चिता लुँइटेल शो स्टपरको रुपमा रेम्पमा देखा परिन् । चेरिष्मा बुटिकद्वारा तयार गरिएको गोल्डेन एव शिल्भर कम्बिनेशनको लेहंगामा मुस्कुराउँदै स्टेजमा उत्रिएकी उनलाई दर्शकले हुटिङ र तालीले स्वागत गरेका थिए ।

हरेक वर्ष आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा गत वर्षबाट ‘चेरिश्मा फेशन शो’ सुरुवात गरिएको हो । काठमाडौंबाट गएका चार पुरुष मोडल दिक्पाल कार्की, निराजन थापा, एसराज कार्की, नरेन खड्काको शो स्टाटरको रुपमा पहिलो सुटको सिक्वेन्समा प्रस्तुत हुना साथ माहोल तातिएको थियो । नेल्शन इन्टरटेइनमेन्टको व्यवस्थापनमा सम्पन्न शोको कोरियोग्राफी जिम्मेवारी कोरियोग्राफर जयन सुब्बाले गरेकी थिइन् ।

फेशन शोमा चेरिष्मा इम्पोरियम एण्ड बुटिककी सञ्चालक सिता बरालको डिजाइनमा तयार गरिएका पहिरनमा काठमाडौं एवम् पोखराका महिला मोडलहरुले साडी, इभिनिङ गाउन एव लेहेंगा गरि तीनवटा एव पुरुष मोडलहरुले सुट ,ब्लेजर एव शेरवानी गरि तीनवटा राउण्डमा प्रस्तुत भएका थिए ।

काठमांडौका मोडलहरु क्रमश दिव्या महर्जन,सोनिया विश्वकर्मा,आयुष्मा कर्माचार्य,सरिना थिंग ,पाईरभ सिवाकोटी ,अनिश महर्जन एव पोखराका मोडेलहरु प्रेरणा पराजुली,अलिशा जोशी,अश्मिता योगी, अशु शाक्य,दिवश, निरज पन्त लगायत मोडेलहरु आर्कषक रुपमा रेम्पमा प्रस्तुत भए ।

पोखराका गायक एल्बिंन थापा र रितु पोडेलले गीत गाएर कार्यक्रममा दर्शकहरूलाई थप मनोरञ्जन प्रदान गरेका थिए । फेशन कन्सस पोखरेलीलाई फेशनबारे अझ बढी जागरुक बनाउन पूर्व सन्ध्यामा आयोजित कार्यक्रमलाई दर्शकले निकै मन पराएको नेल्शन इन्टरटेइनमेन्टकी म्यानेजिङ डाइरेक्टर अनिसा श्रेष्ठले जानकारी दिइन् । गत बर्ष नायिका करिश्मा मानन्धर शो स्टपर रेम्पमा उत्रेकी थिइन् ।