राष्ट्रिय चलचित्र पुरस्कारबाट २२ जना पुरस्कृत र सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असार

सञ्चार मन्त्रालय अन्तर्गत चलचित्र विकास बोर्डले हरेक वर्ष झैँ यस वर्ष पनि राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरेको छ । शुक्रबार राष्ट्रपति भवन सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सो पुरस्कार प्रदान गरे । पुरस्कार प्रदान समारोहमा ११ जना चलचित्रकर्मी सम्मानित र ११ जना चलचित्रकर्मी जनही २५ हजार रुपैयाँसहित राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत भए ।

सम्मान अन्तर्गत चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष दिनेश सिटौलालाई मरणोपरान्त ५० हजार रुपैयाँसहित सम्मान गरियो । सिटौलाका पिताले सो सम्मान ग्रहण गरेका थिए । यस्तै नेपाली चलचित्रमा आजिवन योगदान दिएका मदनकृष्ण श्रेष्ठलाई ३ लाख ८५ हजार रुपैयाँ सहित दीर्घ साघना सम्मान प्रदान गरियो । समारोहमा राष्ट्रपति पौडेल, सञ्चारमन्त्री बिक्रम तिमल्सिना र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले शुभकामना मन्तव्य राखेका थिए । हरिहर शर्मा, मिलन चाम्स, अरुण गुप्तो, सरिता गिरी, करुण थापा पुरस्कारको निर्णायक थिए । अवार्ड विजेताहरु यस प्रकार छन् ।

– दीर्घ साधना सम्मान – मदन कृष्ण श्रेष्ठ, बरिस्ठ अभिनेता (रु. तीन लाख ७५ हजार नगदसहित)
– उत्कृष्ट चलचित्र – उनको स्वीटर
– उत्कृष्ट निर्देशक – नबिन चौहान (उनको स्वीटर)
– उत्कृष्ट अभिनेता – नीर शाह (परान)
– उत्कृष्ट अभिनेत्री – मिरुना मगर (उनको स्वीटर)
– उत्कृष्ट लेखक – दिपक प्रसाद आचार्य र यम थापा (परान)
– उत्कृष्ट छायाङ्कन – बाबु श्रेष्ठ (कोशेढुंगा)
– उत्कृष्ट सम्पादन – नहकुल खड्का (कोशेढुंगा)
– उत्कृष्ट आदिवासी चलचित्र – इन्दिरा धिमे मैचा (नेपाल भाषा)
– जुरी प्रोत्साहन – आना शर्मा (रमिताको पिरती)
– बिमोचन दवाडी (झरी पछीको इन्द्रेणी)
– विशेष चलचित्र पुरस्कार – नाक्छोङ (ज्योति राज राई)

सम्मानितहरु
– स्वर्गीय दिनेश सिटौला – पत्रकार (रु. ५० हजार नगदसहित)
– विष्णु गोपाल श्रेष्ठ – चलचित्र प्रदर्शक
– मेनुका प्रधान – अभिनेत्री
– डा. सिंह गुरुङ – निर्माता÷प्रदर्शक
– प्रकाश सुवेदी – पत्रकार
– अभिनाश विक्रम शाह – निर्देशक
– रोहित रुम्बा – अभिनेता
– एञ्जिला सुब्बा – अभिनेत्री
– लक्ष्मी बर्देवा – अभिनेत्री
– बिनोद सेरचन – निर्माता
– शंकर पाण्डे – प्रोडक्सन म्यानेजर