ब्युटी न्युज नेपाल
काठमाडौं, २२ पुस
फेसन डिजाइनरहरुको प्रतियोगितामुलक कार्यक्रम ‘द नेशनल डिजाइनर रन वे २०२४’ पाचौं संस्करणको उपाधि आईआईएफटी (स्कूल अफ फेसन एंड इन्टेरियर डिजाइन)का प्राङ्देन हानी लिम्बुले जितेका छन् । यो प्रतियोगिता भक्तपुरमा शनिबार साँझ भएको थियो ।
प्रतियोगिताको निर्णायकहरुमा फेशन डिजाईनिङ बिज्ञ मनिषा डंगोल श्रेष्ठ सहित सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र शोभा श्रेष्ठ थिए ।
विभिन्न संस्थामा अध्यनरत र ग्राजुएट १४ जना फेसन डिजाइनरहरु प्रतिष्पर्धी रहेको प्रतियोगितामा आईआईएफटीकै सबी श्रेष्ठ फस्ट रनर अप भईन । यस्तै आईआईएफटीका अर्का ग्राजुएट फेसन डिजाइनर ओमान कोमेन जुकान्द्री सेकेण्ड रनर अपको उपाधि जित्न सफल भईन । त्यस्तै आईआईएफटीकै सजिना मोनिकर मष्ट पपुलर भइन् । विजेताहरूलाई प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा राना, निर्णायकहरू र आयोजक टोलीका सदस्यहरूले ताज तथा विभिन्न पुरस्कार प्रदान गरे ।
प्रतियोगिता राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतीमा भएको हो । राज्य मिडिया नेटवर्क र एभेन्टोज नेपालका सिईओ डेभिल सिंह राजपुतको अवधारणा र निर्देशन तथा राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाको अध्यक्षतामा भएको प्रतियोगितामा आइआइएफटी, एनसिएफटी र आइइसीका फेसन डिजाइनरहरुले सहभागिता जनाएका थिए ।
डिजाइनरले डिजाइन गरेका पहिरनलाई ३८ मोडलहरुले र्याम्पमा प्रस्तुत गरेका थिए । यो प्रतियोगिता फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा भएको थियो ।