आज दिउँसो ५३ जनामा कोरोना देखियो, ३५७ पुगे सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ जेठ

नेपालमा आज दिउँसो एक साथ ५३ जनामा कोरोना सँक्रमण पोजेटिभ देखिएको छे । जस मध्य बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको हो । यस्तै गुल्मी, मोरङ, धुनुषा, रौतहत, धादिङ र दाङका एक एक जनालाई कोरोना सँक्रमण देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ३५७ पुगेको छ ।

बाँकेको नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी अस्पतालमा ल्याइएको थियो । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको बताईएको छ । संकलन गरिएको २७३ स्वाब मध्य १९२ को परिक्षण गर्दा ४७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको हो । जस मध्य ४६ पुरुष र १ महिलामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देबकोटाले बताएका छन् ।

यता भेरी अञ्चल अस्पतालका अनुसार बाँकी ८१ जनाको स्वाब परिक्षण हुँदैछ । कोरोनाबाट आईतबार निधन भएको युवकको सम्पर्कमा आएका र थप अन्य कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गरि परिक्षण भएको थियो । ती सँक्रमितहरु नैनपुर क्षेत्रका भएकाले सो क्षेत्रमा प्रसासन र सुरक्षा निकायले उच्च सतर्कता अपनाइ नेपाल प्रहरी र सशस्त्र प्रहरी सो क्षेत्रमा व्यापक मात्रामा परिचालन गरिएको छ ।

यता धुलिखेल अस्पतालमा गरिएको परिक्षण अनुसार गुल्मीका १, धनुषाका १ , रौतहटका १, धादिङका १, बिराटनगरका १ र दाङका १ जनामा पनि कोरोना सँक्रमण देखिएको मन्त्रालयका प्रबक्ता डा. विकाश देबकोटाले बताएका छन् । सँक्रमित सबैको स्वास्थ्य अबस्था अहिले सामान्य रहेको बताईएको छ । गुल्मीमा पहिलो पटक कोरोना सँक्रमण देखिएको हो ।

आज बिहान मात्र ९ जनामा कोरोना सँक्रमण देखिएको थियो । अहिले दिउँसो ५३ जनामा कोरोना देखिँदा आज एकै दिनमा ६२ जना कोरोना सँक्रमित थपिएका छन् । अहिले यतीबेला बाँकेको नरैनापुर क्षेत्र कोरोनाका हट बनेको छ । एकै ठाउँबाट आज ४७ र हिजो १ गरि ४८ जनामा कारोनो सँक्रमण देखिएको हो ।