सोमबार बिहान ९ जनामा कोरोना देखियो, सँक्रमित ३०४ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ जेठ,

नेपालमा कोरोना सँक्रमितको सँख्या ३ सयबाट उकालो लागेको छ । यसै क्रममा आज सोमबार बिहानमात्र रौतहट र बाराका ९ जनाको कोरोना संक्रमण रिपोर्ट पाजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिज्ञप्ति मार्फत जनाएको छ ।बिदेशबाट आएकाहरुबाट समुहमा कोरोना फैलिएपछि अहिले यो बिस्तारै बिकराल बन्दैछ ।

सो मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ३०४ पुगेको छ ।

आज बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको उनले बताएका छन् । उनका अनुसार सँक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । उनीहरुको स्वास्थ्य अबस्था सामान्य छ ।