थानकोटामा रोकिएका १६० जनालाई बिराटनगर नै फर्काइने


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ बैशाख

आज बिहान ५ बजेबाट काठमाडौंका थानकोट (नागढुँगा) मा अलपत्र परेकाहरु १६० जनालाई काठमाडौं छिर्न नदिने निर्देशन काठाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दिएका छन् ।

उनीहरुलाई हिजो साँझ बिराटनगरबाट त्यहाँका मेयरले ७ ओटा गाडी रिजर्भ गरेर पठाएका थिए । यसरी काठमाडौंका बासिन्दालाई आफ्नो घर छिर्न नदिएको भन्दै बिराटनगरका मेयर भिम पराजुलीले दुःख व्यक्त गरेका छन् ।

तर यता काठमाडौंमा समन्वय नगरी उनीहरुलाई पठाईएकाले बिराटनगर नै फर्काउन सिडयो दाहालले प्रहरीलाई निर्देशन दिएका छन् ।

काठमाडौंमा बिरामी बाहेक अरुलाई ल्याउने नीति नभएकाले उनीहरुलाई काठमाडौं छिर्न नदिने सिडियो दाहालको भनाई छ । बिराटनगरबाट काठमाडौं आएका १६० जना र बिर्तामोड, जोमसोमबाट आएका केही मानिसहरु अझै थानकोटमा अलपत्र परेका छन् । बिराटनगरबाट आएको बस फर्किएकाले अब कता जाने भनेर यात्रुहरु चिन्तामा छन् । आफुहरुले अझै खान समेत नपाएको अलपत्र यात्रुहरुको भनाई छ ।