उदयपुरमा फेरी एक थपिए कोरोना सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ बैशाख

नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट सँक्रमितको सँख्या ३२ पुगेको छ । मँगलबार फेरी उदयपुरमा अर्को एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि यो सँख्या ३२ पुगेको स्वस्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।

सो मन्त्रालयले मँगलबार दिउँसो जानकारी गराए अनुसार पछिल्लो सँक्रमित पनि उदयपुरको त्रियुगा नगरपालिकाको भुल्के स्थित मस्जिदमा बस्दै आएका .ब्यक्ति नै हुन् । उनी ३३ वर्षका पुरुष हुन् । यस अघि पनि सो मस्जिदमा बसेका १३ जनामा कोरोना भाईरस पोजिट भएको पुष्टि भैसकेको छ । यी सँक्रमित १३ जनासँग सम्पर्कमा रहेका बाँकी अन्य मानिसहरुको स्वाब मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले संकलन गरेर काठमाडौं ल्याएको थियो । सो स्वाब परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको पनि स्वाथ्य मन्त्रालयले जनाएको छ ।

स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार त्यहाँबाट ल्याईएका अरु बाँकीको स्वाब परिक्षण हुँदैछ । परिक्षण पछि उनीहरुको रिजल्ट सार्वजनिक गरिनेछ । यता कोरोना सँक्रमित मध्य पछिल्ला ३ जना घर फर्किसकेका छन् । अहिलेसम्म यो सँक्रमणबाट ठिक भएर घर फर्कनेको सँख्या ४ पुगेको पनि डा. देवकोटाले जानकारी गराए ।