आर्यनको दिनचर्या खेतबारीमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ बैशाख

लकडाउनका कारण नेपाली कलाकारहरुको दिनचर्या परिवर्तन भएको छ । फिल्मको सुटिङमा रमाउने कलाकारहरु आजकाल घरमै दिनभर बस्न विवास छन् ।यसै क्रममा अभिनेता आर्यन सिग्देल घरमा बारीको काममा व्यस्त छन् । चलचित्रको कामले लामो सयमदेखि परिवारलाई समय दिन नसकेका अभिनेता आर्यन अहिले फुर्सदमा छन् । सोही कारण उनले परिवारलाई समय दिन पाएका हुन् ।

यतीबेला बर्खे तरकारी लगाउने बेला सुरु भएकाले बारी खनजोत र तरकारी रोप्ने काममा उनी व्यस्त भएका हुन् ।

अभिनेता आर्यन सिग्देल यतीबेला थानकोटा स्थित आफ्नो घरमा छन् । घर बस्ने क्रममा मोटाउने अबस्था आएपछि शरीर पनि स्वास्थ्य रहने, ब्यायम पनि हुने र बुबा आमालाई काममा सहयोग पनि पुग्ने भएकाले आफु खेतबारीको काममा उत्रिएको उनले बताएका छन् ।

लामो समयदेखि काठमाडौंको लाजिम्पाटमा बस्दै आएका उनी श्रीमती र काखे छोरासहित लकडाउनपछि थानकोट फर्किएका हुन् । उनी अब स्थिति सामान्य भएपछि मात्र काठमाडौं फर्किने सोचमा छन् ।

अभिनेताको गत वर्ष दुई चलचित्र ‘हजार जुनीसम्म’ र ‘चच हुईं’ रिलिज भए । यी दुबै चलचित्रले बक्स अफिसमा जादु देखाउन सकेन । यस अघि आफ्नै गृह ब्यानरमा चलचित्र काईरा निर्माण गरेका आर्यन अर्को नयाँ फिल्म निर्माणको तयारीमा थिए । तर अहिलेको अबस्थामा उनी तत्काल नयाँ फिल्म निर्माणको पक्षमा छैनन् ।