लक डाउनले मोटाईन अभिनेत्री नम्रता


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ बैशाख

मुलुकमा लक डाउन भएको पनि २४ दिन बितिसकेको छ । यो अबधिमा मुलुकमा कोरोना सँक्रमितको सँख्या १६ पुगेको छ । थप १५ बैशाखसम्म लक डाउन गरेपछि अहिले २४ दिनबाट सबै घरमा बन्द अबस्थामा छन् । यतीबेला घरमा बस्नु पर्दा थुप्रै कलाकारहरुलाई मोटाइने चिन्ताले सताएको छ ।

लक डाउनको बेला दुई छाक खान नपाएर अहिले धेरै नेपालीहरु दुब्लाएको अबस्था छ । उनीहरु भोकमा छन् । तर हाम्रा कलाकारलाई मोटाएकोमा चिन्ता छ । त्यसैले आर्यन सिग्देल लगायतका केही कलाकारले त घरमै बसेर स्वास्थ्य शरीरका लागि खेतमा काम पनि गरिरहेका छन् ।

यता यो लक डाउनमा जीम पनि बन्द भएपछि अभिनेत्री नम्रता सापकोटालाई मोटाईने चिन्ताले सताएको छ । उनले फेसबुकमा एक म्यासेज पोष्ट गर्दै अहिलेको अबस्थामा मोटाउने चिन्ता व्यक्त गरेकी हुन् ।

यो अबधिमा आफु तीन केजी गेन गरेको भन्दै उनले लेखेकी छिन्,‘लक डाउनको बेला घरमा बसी बसी मोटाउन चाहीं सकिन्छ है । मात्र तीन केजी गैन गरेको छु । तर घरमै छु है ।’

यसरी अभिनेत्री नम्रताले मोटाईने चिन्ता व्यक्त गरेकी हुन् । लक डाउनको बेला आफु घरमै भएको पनि उनले यसरी स्पष्ट पारेकी छिन् ।