चलेनन् यि महँगा अभिनेत्रीका सिनेमा


सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौं, ३ बैशाख

२०७६ सालको नेपाली चलचित्र महँगा पारिश्रमिक लिने कलाकारले धान्न सकेनन् । गएको वर्ष महँगो पारिश्रमिक लिने अभिनेताहरुको चलचित्र रिलिज नै भएनन् । यसैगरी महँगा पारिश्रमिक लिने अभिनेताहरुका चलचित्र रिलिज त भए । तर बक्स अफिसमा उनीहरुका चलचित्र फ्लप साबित भए ।२०७६ सालमा प्रदर्शनमा आएका ५६ चलचित्र मध्य ६ मायाँ छपक्कै, कबड्डी कबड्डी कबड्डी, जात्रै जात्रा, दाल भात तरकारी, आमा बक्स अफिसमा सर्वाधिक हिट सावित भए । यस्तै चलचित्र घरले पनि केही नाफा कमाएको यो फिल्मका निर्माताको दाबी छ । बाँकी चलचित्र ब्यबसायिक रुपमा डुबे । यो डुबानमा महँगा नायिकाका चलचित्र पनि रहेका छन् । यसै प्रसँगमा यहाँ २०७६ मा ब्यबसायिक सफल हुन नसकेका चार नायिकाहरुको चर्चा गर्दैछौं ।

नम्रता श्रेष्ठ (जाईरा)
नेपालमा सबैभन्दा महँगो पारिश्रमिक अहिलेसम्म लिएकीअभिनेत्री नम्रता श्रेष्ठ हुन् । उनले २०७५ मा चलचित्र प्रसादनबाट २० लाख रुपैयाँ पारिश्रमिक लिएकी थिएन । त्यो चलचित्र हिट भयो । यिनै अभिनेत्रीको २०७६ सालमा चलचित्र जाईरा प्रदर्शन भयो । यो उनको गृह ब्यानरको चलचित्र थियो । जाईरामा उनी र अनुपबिक्रम शाही प्रमुख भूमिकामा थिए । यो चलचित्रमा उनको कामको मिडियाले प्रसँसा गरे पनि दर्शकले हलमा साथ दिएनन् । मुलत ८ महिनासम्म उनले बक्सिङ खेलाडीको रुपमा अभ्यास गरेर यो चलचित्रमा बक्सरको भूमिका निर्वाह गरेकी थिईन् । सिनेमामा उनको अभिनय प्रभावशाली भए पनि कमजोर स्कृप्टका कारण चलचित्र चलेन । एउटा फिल्मबाट २० लाख रुपैयाँ पारिश्रमिक लिने यी नायिकाको स्टारडमले पनि २०७६ सालमा काम गरेन ।

पूजा शर्मा (पोई पर्यो काले)
चलचित्रमा अर्को महँगो पारिश्रमिक लिने अभिनेत्री पूजा शर्मा हुन् । उनले पनि चलचित्र पोइ पर्यो कालेबाट २० लाख रुपैयाँ पारिश्रमिक लिएकी हुन् । गत तिहारमा रिलिज भएको उनको चलचित्र पोइ पर्यो कालेले हलमा राम्रो ब्यापार गरेन । यसबाट निर्माताको लगानी भने उठाउन सकेन । यसले पुजाको स्टारडम भ्यालु पनि जोगाएन । निकै आशा गरिएको चलचित्र पोई पर्यो काले बक्स अफिसमा अन्नत फ्लप भयो । पोई प¥यो कालेमा पुजासँगै आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टी श्रेष्ठ लगायतको मुख्य भूमिका थियो । २०७६ सालमा व्यबसायिक रुपमा असफल भएकी अभिनेत्री पुजा शर्माको २०७७ साल म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन सहित ४ ओटा फिल्म रिलिज हुँदैछन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह (मारुनी, रातो टिका निधारमा)
महँगो पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा साम्राज्ञी राज्यलक्ष्मी शाह पर्छिन । तर उनका फिल्मले २९७६ सालमा लगानी उठाउन सकेनन् । यी नायिकाको २०७६ सालमा दुई ओटा चलचित्रहरु प्रदर्शनमा आए तर दुबै चलचित्र ब्यापारिक रुपमा सिने बजारमा चिसो सावित भए । गएको वर्ष यी अभिनेत्रीको चलचित्र मारुनी र रातो टिका निधारमा प्रदर्शनमा आएको हो । भदौमा आएको उनको चलचित्र मारुनीले न गएको जितमा उनलाई सफलताको खुसी दियो । न दशैंमा रिलिज भएको चलचित्र रातो टिका निधारमाले न निर्माताको दक्षिणा उठाउन सक्यो । साम्राज्ञीले चलचित्र मारुनीमा १५ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिईन् । यो चलचित्र फ्लपको सूचीमा पर्यो । लैंगिक परिवर्तनको कथामा चलचित्र मारुनी निर्माण गरिएको थियो । यसमा साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का मुख्य भूमिकामा थिए । साम्राज्ञीको २०७६ सालमा अर्को चलचित्र रातो टिका निधारले पनि ब्यबसायिक असफलता भोग्यो । यो चलचित्र नारी जागरण कथामा आधारित थियो । यो चलचित्रलाई अशोक शर्माले निर्माण निर्देशन गरेका हुन् । यसबाट आफुलाई ६० लाख रुपैयाँ घाटा भएको उनले ब्युटी न्युज नेपाललाई बताए । यो चलचित्र नव अभिनेता अँकित शर्मासँग नायिका साम्राज्ञी जोडी बनेर प्रस्तुत भएकी थिईन् । यो चलचित्रबाट पनि अभिनेत्री साम्राज्ञीले महँगो पारिश्रमिक लिएकी थिईन् । यसरी महँगी नायिकाको रुपमा परिचित साम्राज्ञीले पनि आफ्नो स्टारडमबाट निर्मातालाई २०७६ मा हिट फिल्म दिन सकिनन् ।

स्वस्तिमा खड्का (हजार जुनीसम्म, घामड शेरे)

नेपाली चलचित्रकी अर्की महँगी नायिका स्वस्तिमा खड्का हुन् । २०७५ सालमा सफल चलचित्र बुलबुल दिएर अन्तराष्ट्रिय स्तरमै चर्चा कमाउँदै अवार्ड चुमेकी यी अभिनेत्रीले २०७६ मा सफल फिल्म दिन सकिनन् । यि नायिकाले एउटा चलचित्रबाट १५ लाख रुपैयाँ पारिश्रमिक लिने गरेकी छिन् । विकाशराज आचार्य निर्देशित स्वस्तिमाको चलचित्र हजार जुनीसम्म गएको बर्ष व्यबसायिक रुपमा असफल सावित भयो । यो चलचित्र प्रेम कथामा आधारित थियो । जसमा उनको नायकको रुपमा आर्यत सिग्देल थिए ।  उनले १५ लाख रुपैयाँ पारिश्रमिक लिएको चलचित्र घामड शेरे गत वर्ष रिलिज भयो । तर यो चलचित्र बक्स अफिसमा फ्लप सावित भएको छ । यसमा उनी आफ्नै श्रीमान निश्चल बस्नेतको नायिका बनेकी थिईन् । यसरी महँगी नायिकाको सूचीमा परेकी अभिनेत्री स्वस्तिमा खड्काले न आफ्नो स्टरडम २०७६ मा जोगाउन सकिन न दर्शकलाई राम्रो सिनेमा दिन सकिन् ।