प्रदीप खड्काले ८०० परिवारलाई प्रदान गरेर साबुन


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ बैशाख

कोरोना सँक्रमणको समस्या देखिएको बेला अभिनेता प्रदीप खड्काले रामेछापक ८ सय परिवारलाई नुहाउन तथा हात धुनका लागि सावुन वितरण गरेका छन् । यस अघि गत चैत ९ र १० गते चलचित्र प्रेमगीत ३ को टिमसँगको सहकार्यमा ११ हजार जनालाई अभिनेता प्रदीपले मास्क वितरण गरेका थिए ।

यस पटक भने अभिनेता प्रदीप खड्का रामेछापको सुनापति गाउँपालिका पुगेका छन् । त्यहाँ पुगेर उनले ८०० परिवारका लागि डिटोल सावुन वितरण गरेका हुन् । गाउँमा खानाको समस्या नभएको कोरोनाबाट जोगिन मास्क र सावुनको माग आएपछि नुहाउने साबुन बोकेर उनी त्यहाँ पुगेका हुन् । गाउँलेका अनुसार कोरोनाबाट जोगिन अभिनेता प्रदीपले हात कसरी धुने भन्ने तरिका पनि त्यहाँ सिकाएका छन् । बजारमा मास्कको अभावले यसपटक त्यहाँ मास्क भने पुर्याउन नसकिएको हो ।

स्थानीय वडाको सहयोगमा १० देखि २५ घरधुरीको जिम्मा प्रति एक व्यक्तिका दरलाई लगाएर वडाका केही व्यक्तिहरुलाई परिचालन गरी सबैलाई साबुन वितरण गरिएको हो । यो साबुनले कोरोना सँक्रमणबाट जोगाउन धेरै हदसम्म गाउँलेहरुलाई सहयोग गर्ने विश्वास अभिनेता प्रदीपको छ ।

मुलुक लक डाउन हुँदा पनि कोरोना बिरुद्धको सचेतनामा सक्रिय अभिनेता प्रदीपले यसपटक साबुन बाँढेर यसरी गाउँलेमा साबुन पानीले हात हुन सचेतना जनाएका हुन् ।