लक डाउनलाई उपहार लघुचलचित्र बुहारी


ब्युटी न्युज नेपाल
काठमाडौं, २ बैशाख

कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले १५ बैशाखसम्म लक डाउन लागू गरेको छ । लकडाउनको समयमा सबै जनाले आ आफ्नै घरबाट काम गरी सन्देशमुलक लघुचलचित्र बुहारी तयार पारिएको छ ।

बुहारी लघुचलचित्रमा शिरोमणि दवाडी, संगिता बस्याल, सुदर्शन आचार्य, बिमला लम्साल, बियान थपलिया, शान्ति महर्जन, मुस्कान वाग्ले, कमला बस्नेत र बालकलाकार रिम्सा कार्कीले अभिनय गरेका छन् । अहिले पनि कतिपय ठाउँमा घरको काम बुहारीले मात्र गर्नुपर्ने सन्दर्भ लघुचलचित्र बुहारीमा देखाइएको छ । यसरी कोहि पनि नभेटिकनै नेपालमा बनेको यो नै पहिलो लघुचलचित्र हो ।

अनिल कुमार महर्जनको सम्पादन रहेको बुहारी लघुचलचित्रको कास्टिङ डाइरेक्टर बसन्त अधिकारी हुन् । नेसन मिडिया ग्रुप प्रालिद्धारा निर्मित यो लघुचलचित्र नेसन टिभी नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ ।

सबैजना घरमा भए पनि बुहारीले मात्र काम गर्नुपर्ने अवस्था अझै छ भन्ने देखाउन बुहारी निर्माण गरिएको निर्देशक पुरुषोत्तम बस्नेतले बताए । आपूmले बुहारीलाई धेरै काम लगाउँदा आफ्नो छोरी पनि अन्त बुहारी भएर गएकी छ भन्ने कुरा बुझ्नुपर्छ भन्ने सांकेतिक सन्देश लघुचलचित्रले दिने उनले बताए । लकडाउनको समयमा कतिपय काम नभेटेरै पनि गर्न सकिने निर्देशक बस्नेतको भनाई छ ।