आफ्नै छाँयासँग निशानको डाहा


काठमाडौं । लोकप्रिय रियालिटी शो नेपाल आइडलमा फस्ट रनरअप बनेका निशान भट्टराईको पहिलो गीत ‘आफ्नै छाँयासँग पनि’ सार्वजनिक भएको छ । नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो सार्वजनिक भएको हो ।

नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशानको नयाँ गीतको भिडियोको निर्देशन युवराज वाइबाले गरेका छन् । भिडियोमा उनले निशानसहित नायिका जेबिका कार्की र अनिल थापालाई फिचर गराएका छन् ।

प्रदिप चापागाईँको शब्द रहेको गीतमा आनन्द राईको संगीत र निशान भट्टराईको स्वर छ । गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो ।