कोरोना राहत कोषमा प्रकाश, वर्षा, बद्रीलगायतको सहयोग


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ चैत

मुलुकमा कोरोनाका सँक्रमण फैलन सक्ने अबस्थालाई मध्यनजर राख्दै सरकारले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रिय रातह कोष सञ्चालन गरेको छ । यो कोषमा सरकारी देखि निजी क्षेत्रले अहिले आर्थिक सहयोग गरिरहेको छ । आर्थिक सहयोग प्रदानमा कलाकारहरु पनि जुर्मुराउन थालेका छन् ।

यसै क्रममा यो कोषका लागि कलाकारकात तर्फबाट पहिलो आर्थिक सहयोग गायक एवम् नवोदिन अभिनेता प्रकाश सपुतले गरेका थिए । उनले २ लाख रुपैयाँ सहयोग पाँच दिन अघि नै गरेका हुन् ।

प्रकाशपछि यो कोषमा अभिनेत्री वर्षा शिवाकोटी, लोक दोहोरी गायक बद्री पँगेनी र नेपाल चलचित्र कलाकार संघले पनि आर्थिक सहयोगको घोषणा गरेका छन ।

अभिनेत्री वर्षा शिवाकोटीले आईतबार फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै अहिलेका अबस्थामा कोरोना बिरुद्धको सँघर्षमा साथ दिनु सबैको कतव्र्य भएकाले आफुले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको उनले बताईन् । यो रकम उनले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रिय रातह कोषमा प्रदान गर्ने बताएकी छिन् ।

यस्तै नेपाल चलचित्र कलाकार संघको तर्फबाट अध्यक्ष रविन्द्र खड्कासहित अहिलेको कार्यसमितिले यो कोषमा एक लाख एक हजार रुपैयाँ प्रदान गर्ने घोषणा आईतबार गरेको छ ।

यता लोक दोहोरी गायक बद्री पँगेनीले पनि ब्यक्तिगत रुपमै कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रिय रातह कोषमा ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको बताएका छन् । लक डाउनको बेला घरमै बसेर आफ्नो खाताबाट सो कोषको खातामा ५० हजार रुपैयाँ जम्मा गरेको उनले बताएका छन् । अहिले सरकारले कोरोना भाईरसको सँक्रमण रोक्न गरेको कार्यको प्रसँसा पनि यि गायकले गरेका छन् ।