आयो नवगायक राजको इलाम बजार…


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ फागुन

गायक राज लिम्बुले आफ्नो नयाँ गीत ईलाम बजार…को भिडियो दर्शकमाझ ल्याएका छन् । कुवेर राई, यम बराल, भिम राईलगायतका गायकले इलाम बजारकै गीत गाएर आफुलाई संगीतमा स्थापित गरेका थिए । यस्तै ईलाम सूर्य नगरपालिकाका गायक राजले पनि पहिलो गीत इलाम बजारबाटै गायन यात्रा सुरु गरेका छन् । सुनिल राईको संगीत रहेको गीतलाई रोवार्ड सिप्थुन्खा राईले लेखेका हुन् ।

यो गीतको भिडियो ज्ञानु राईले खिचेको हुन् । गीतलाई योगेश दाहालले सम्पादन गरेका छन् । इलाम बजार र कन्यामका सुन्दर दृष्य गीतको भिडियोमा समेटिएको छ ।

पहिलो पटक आफ्नो स्वरमा गीत रेकर्ड गराउन पाउँदा उनले भने,’आज सपना पुरा भएको छ । आगामी दिनमा सपनालाई सार्थक बनाउन लागि पर्नेछु ।’ बाल्यकाल देखि गायनमा रुची राख्ने राज लिम्बुले अहिलेसम्म गाउँने अवसर नपाएको बताए ।

वर्षौसम्म कतारको मरुभूमिमा पसिना बगाएका लिम्बुको नेपाली संगीत प्रतिको लगाव कहिल्यै पनि छुटेन । मरुभूमिमा उनि नेपाली संगीतसँगै आफ्नो कर्म अगाडी बढाईरहेका थिए ।