अनमोल र सुहानाको ए मेरो हजुर ४ छायाँकनमा


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ फागुन

युवा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सुरु भएको छ । फागुनको दोश्रो हप्ताबाट छायाँकन सुरु गर्ने भनिएको यो चलचित्रको तोकिएको समयमै शुक्रबारबाट छायाँकन सुरु गरिएको हो । शुक्रबार फिल्मको मुहुर्तसँगै काठमाडौंबाट छायाँकन थालिएको छ ।

‘यो चलचित्रको केही दृष्य काठमाडौंमा छायाँकन गर्नेछौं । भोली नै पोखरातर्फ लाग्ने छौं ।’ चलचित्रकी निर्देशक झरना थापाले बताईन् । शुक्रबार काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गर्दै यो चलचित्रको शुभ मुहुर्त सम्पन्न गरियो । मुहुर्त समारोहमा अभिनेता अनमोल सहित सुहाना थापा, सलोन बस्नेत, निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापा र चलचित्र युनिट थियो ।

यो सिनेमाको काठमाडौँ उपत्यकामा ३० दिन, पोखरामा १० दिन सहित ४० दिनको नेपाल छायाँकन राखिएको छ । यो चलचित्रको गीत भने अमेरिका, युरोप र ओमानमा खिचिनेछ । यो चलचित्रलाई आगामी दशैंमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।