प्रियँका र आयुष्मान वैवाहिक जीबनमा


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ फागुन

आफ्नो जन्मदिनकै तिथि पारेर अभिनेत्री प्रियँका कार्की बिहिबार १५ फागुनमा दाम्पत्य सम्बन्धमा बाँधिएकी छिन् । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियँकाले अढाई वर्ष देखिको प्रेम सम्बन्धलाई सार्थक पार्दै विवाह गरेकी हुन् ।

बिहिबार दिउँसो अभिनेता आयुष्मानले जीवनभर साथ दिन्छौ भन्दै अग्नीको सात फेरो लिएर अभिनेत्री प्रियँका कार्कीको सिन्दुर भरे । अभिनेत्री प्रियँका बेहुली बन्दा निकै खुलेकी थिईन् । विवाहपछिको एउटा तस्बिर सार्वजनिक गर्दै आफुहरु दाम्पत्य सम्बन्धमा बाँधिएको उनीहरुले जानकारी गराएका छन् । प्रियँका र आयुष्मान विवाह समरोहमा निकै खुसी देखिएको बताईएको छ । अभिनेत्री प्रियँकाका परिवार, अभिनेता आयुष्मानका परिवारका सिमित व्यक्तिबीच यी दुईले विवाह गरेका छन् ।

अभिनेता आयुष्मान र अभिनेत्री प्रियँकाले विवाहको लागि भनेर काठमाडौंको बुढानिलकण्ड स्थित होटल पार्कभ्यु बुक गरेका थिए । सोही होटलमा उनीहरुले दुई दिन अघि मेहन्दीको कार्यक्रम सम्पन्न गरे । मेहन्दीको कार्यक्रममा पनि उनीहरुले निकै रमाईलो गरे ।

अभिनेता आयुष्मान र अभिनेत्री प्रियँकाले तीन साता अघि मात्र काठमाडौंमा घर किनेका छन् । विवाहपछि यी नव दाम्पत्य जोडी आफ्नै घरमा बस्दै छन् । यसरी आफ्नो घर किनेर नयाँ जीवनको सुरुवात गरेका प्रियँका र आयुष्मानलाई यतीबेला जताततैबाट विवाहको शुभकामना आएको छ ।

प्रियँका र आयुष्मानले आफ्नो विवाहको रिसेप्सन पार्टी पनि होटल पार्क भिलेजमै राखेका छन् । उनीहरुले परिवारका सदस्यबीच विवाह गरे पनि रिसेप्सनमा करिब ५ सय जनालाई निम्ता गरेको बताईन्छ । विवाहको भोली पल्ट शुक्रबार बेलुका ६ बजे उनीहरुले रिसेप्सन पार्टी राखेका हुन् ।

रिसेप्सन पार्टीमा आफन्त, उधोगी, ब्यवसायी, केही लोकप्रिय चलचित्रकर्मी र सिमित सञ्चारकर्मीलाई अभिनेत्री प्रियँका र अभिनेता आयुष्मानले निमन्त्रण गरेका छन् । उनीहरुले विवाहको लागि भनेर पछिल्लो चार महिना यता कुनै पनि सिनेमामा एग्रिमेन्ट गरेनन् । सुखद दाम्पत्य जीबनका लागि प्रियँका र आयुष्मानलाई ब्युटी न्युज नेपालका तर्फबाट हार्दिक बधाई ।