इन्दिराले ल्याईन हल्का हल्का…


ब्युटी न्युज नेपाल
काठमाडौं, २ फागुन

गायिका इन्दिरा तिवारीले आफ्नो स्वरमा नयाँ गीत ‘हल्का हल्का गुनगुनायो…’को भिडियो राजधानीमा एक समारोहबीच प्रणय दिवसको अबसरमा सार्वजनिक गरेकी छिन् ।

अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको यो गीतमा इन्दिरालाई युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् । जसमा महाराज थापाको सङ्गीत संयोजन छ ।

निशान कश्यपको निर्देशन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोमा श्रृष्टि खड्का र निराजन प्रधानले अभिनय गरेका हुन् । मुस्ताङ् र वरपरका सुन्दर दृष्य समेटिएको गीतको भिडियोको बुद्ध थापाले छायाँकन गरेका हुन् ।