रविनको सपनामा आकाश र प्रियँकाको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं २४ माघ

गायक रवीन कन्दङ्वाले नयाँ गीत ‘मेरो सपनाको भारी…’ सार्वजनिक गरेका छन् । उदित प्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत÷एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

यो गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीनले अभिनय गरेका छन् । उनीहरुको रोमान्स आकर्षक देखाईएको छ । भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोता÷दर्शकमाझ पस्किएका छौ, यसले स्रोता÷दर्शकको मन जित्ने छ भन्नेमा आशावादी छौं’, सङ्गीतकार हरि लम्सालले भने ।