सेल्फी किङ मनपरेपछि सिनेकर्मीको यस्तो प्रतिक्रिया


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ माघ

चलचित्र सेल्फी किङ शुक्रबारबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । यो चलचित्रका रिलिजको पूर्व सन्ध्या पारेर काठमाडौंको नयाँ बसपार्क स्थित लोत्से मलमा रहेको आइएनआइ सिनेमाजमा बुधबार बेलुका प्रिमियर शो गरियो । चलचित्रको प्रिमियरमा सेल्फी किङका मुख्य कलाकार बाहेक अन्य चलचित्रकर्मी पनि थिए । विशाल सापकोटाले निर्देशन गरेको यो चलचित्र हेर्न प्रिमियर शोमा । फिल्म हेर्न भुवन केसी , सन्तोष पन्त , निर्मल शर्मा , जितु नेपाल , केदार घिमिरे , निशा अधिकारी , केकी अधिकारी , आँचल शर्मा , नम्रता श्रेष्ठ , कर्मा , विनय श्रेष्ठ , आर्यन सिग्देल , प्रमोद अग्रहरी , कामेश्वर चौरसिया , दिपेन्द्र के खनाल , सुनिलकुमार थापा , भोलाराज सापकोटा , शोभित बस्नेत , रीमा विश्वकर्मा , सुवास गिरी , सुरेन्द्र पौडेल लगायत पुगेका थिए ।

विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको यो चलचित्र हेरेर विभिन्न चलचित्रकर्मीले यस्तो प्रतिक्रिया दिए ।

कार्यक्रममा आर्यन सिग्देलले भने, ‘यो फिल्मले सबैलाई छुन्छ जस्तो लाग्छ । फिल्म हेर्दा निकै भावुक पनि भए । फिल्म हाँसो र रोदनको मिश्रण छ । हामीलाइ कहिँ त्यो पात्रले हसाउछ त कहिँ रुन बाध्य बनाउछ । नेपाली फिल्म हेर्ने दर्शकले एक पटक हेर्नुपर्छ भन्छु ।’

यस्तै अभिनेत्री नम्रता श्रेष्ठले चलचित्र निकै मन परेको बताउँदै यसो सिनेमाको खुलेर प्रसँसा गरिन्, ‘चलचित्रमा देखाइएका केहि नकेहि कुरा कलाकारसँग मेल खान्छ नै । एउटा कलाकारलाई सबैले बाहिरबाट त चिन्छ तर भित्र उसको के छ ? त्यो कसैले महसुस गर्दैन । फिल्ममा यस्तै देखाइएको छ । मैले धेरै पटक काम गरेको निर्देशक दिनेश राउतले यसलाई निर्माण गर्नु भएको छ । सधै केहि नयाँ गरौँ भन्ने सोच राख्ने दिनेशले निर्माताको रुपमा डेब्यु नै यस फिल्मबाट गर्नु भएको छ । म निकै खुसि छु ।’

फिल्म हेरेपछि आफु रोएको बताउँदै अभिनेता कर्माले भने,‘ फिल्म साह्रै मार्मिक रहेछ । फिल्म हेर्दा धेरैपछी नै रोए म । आर्टिस्टलाई हेर्ने दृष्टिकोण र बेहुर्नु पर्ने कुरालाई यसमा राम्रोसँग देखाइएको छ ।’

यो चलचित्रमा समेत अतिथि रुपमा रहेकी अभिनेत्री केकी अधिकारीले फिल्मको प्रसँसा गर्दै भनिन,‘यो फिल्मसँग जोडिन पाउँदा लक्की नै ठानेकी छुँ । यो फिल्म कलाकारलाई मात्र छुने कथा हैन , यसले जुनै प्रोफेसनको मान्छेलाई छुन्छ । म कलाकार भएकोले यसले अझै बढी छोएको छ । यसमा कलाकारको भावना र व्यस्थालाई छर्लंग पारेको छ ।’

अभिनेत्री निशा अधिकारीले फिल्मले कलाकारलाई एक पटक झस्काएको बताउँदै भनिन्, ‘हामीले भोलि भनेर सोच्ने गरेका छौ तर के समय हाम्रो अनुसार चल्छ त ? यी सम्पूर्ण कुरा फिल्मले प्रस्तुत गर्छ । सरल ढंगले जीवनको सार फिल्ममा देखाइएको छ ।’

कलाकार निर्मल शर्माले फिल्म निकै मन परेको बताउँर्दै भने,‘ किनकी यहाँ व्यर्थका केहि छैनन् । चाहिने कन्टेन भन्दा फिल्म बाहिर गएको छैन । फिल्मले हामी कलाकारलाई जसरि छोएको दर्शकलाइ पनि छुन्छ । र , यो फिल्म हेर्ने दर्शकले कलाकार हेर्ने नजरमा पक्कै परिवर्तन गर्छ भन्नेमा विश्वस्त छु ।’

अभिनेता नवल नेपालले पनि फिल्मको प्रसँसा गर्दै भने,‘ छोरा जब कर्तव्यबाट बिमुख हुन्छ त्यसपछि आउने परिणामलाइ यसमा देखाइएको छ । फिल्मले मन छुन्छ र हाम्रो कर्तव्य प्रति पनि झस्काउछ । फिल्मले हामीले खर्चिने समय र पैसाको सदुपयोग गर्छ ।’