अनमोलको नायिकाको रुपमा एन्टि हिरोमा जसिता अनुबन्धित


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ माघ

यस अघि प्रदीप खड्कासँग दुई ओटा चलचित्र लिली बिली र लभ स्टेसनको नायिका बनेकी जसिता गुरुङले तेश्रो चलचित्र भने अनमोल केसी नायिका भएर खेल्दै छिन् ।

निर्माता भुवन केसीले आफ्नो चलचित्र ‘एन्टि हिरो’मा अनमोलको नायिकाको रुपमा जसिता गुरुङ फाईनल गरेको बताएका छन् ।

अभिनेत्रीले जसिताले फिल्म एन्टि हिरोको लागि हस्ताक्षर गरेको बताएकी छिन् । यो चलचित्रलाई आगामी बैशाखबाट छायाँकन सुरु गरेर आगामी दशैंमा रिलिज गर्ने निर्माता भुवन केसीले बताएका छन् ।

त्यो भन्दा अघि अनमोल केसीले झरना थापाको चलचित्र ए मेरो हजुर ४ मुख्य भूमिका निर्वाह गदैछन् । सो चलचित्रको छायाँकन फागुनको तेश्रो साताबाट सुरु हुनेछ ।