सौगात र सृष्टी माईलक अधिकारीको छायाँकनमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ पुष

अबको तीन महिनामा तयार गरेर आगामी २८ चैतबाट सिनेमा हलमा रिलिज गर्ने लक्ष्यसहित चलचित्र ‘माइकल अधिकारी’को युनिट छायाँकनमा जुटेको छ । यो चलचित्रको टोली छायाँकनको लागि झापा तर्फ लागेको छ ।

यो चलचित्रमा पनि सौगात मल्ल र सृष्टी श्रेष्ठकै जोडी रहेको छ । अर्को वर्ष दाम्पत्य सम्बन्धमा बाँधिने तयारीमा रहेको सौगात र सृष्टीले एकपछि अर्को गर्दै लगातार फिल्म खेलिरहेका छन् । आगामी फागुनको पहिलो सातासम्म छायाँकन सक्नेगरी यी जोडी चलचित्र माईकल अधिकारीको छायाँकनमा जुटेका छन् ।

आउँदो नयाँ वर्षलाई लक्षित गरेर २८ चैतमा रिलिज हुने भनिएको दुई सिक्वेल फिल्म प्रेम गीत ३ र चपली हाइट ३ ले छायाँकन टुँग्याउन लागेका छन् । माईकल अधिकारी भने बल्ल छायाँकनमा उत्रिएको छ ।

यो चलचित्रको कथा सेरोगेसी (भाडाको काख) लिएर बच्चा जन्माउने बिषयमा केन्द्रित छ । फिल्मको रिलिज गरिएको पोष्टरले पनि यही कथा बोलेको छ ।

यो चलचित्रलाई रँजित रौनियारले निर्देशन गर्दैछन् । कथा पनि उनकै हो । फिल्म वितरण रिच इन्टरट्रेनमेन्ट र जीजीएले ग्रुपले काठमाडौंमा र श्रीकृष्ण फिल्म्सले मोफसलमा गर्नेछ ।

यो चलचित्रलाई गोपीकृष्ण मूभिजले निर्माण थालेको हो । फिल्मका निर्मातामा निरक पौडेल छन् ।