हरिराम र जुगलले ल्याए नेपाल संगीतिक मन


ब्युटी न्युज नेपाल
काठमाडौं, २० पुष

गीतकार हरिराम महर्जन र संगीतकार जुगल डँगोलले सँयुक्त रुपमा नेपाल भाषाको नयाँ गीतिसँग्रह ‘मन’ बजारमा ल्याएका छन् । यो गीतिसँग्रहमा ६ ओटा गीत रहेको छ ।

ललितपुरमा एक समारोहबीच यो गीतिसँग्रहको जनकवि दुर्गालाल श्रेष्ठले बिमोचन गरे । सोही समारोहमा जीवन दर्शन सम्बन्धि नेपाली पुस्तक ‘किन’ को पनि बिमोचन गरियो । यो पुस्तक पनि हरिराम महर्जनले लेखेका हुन् । कार्यक्रममा एउटा भिडियो पनि सार्वजनिक गरिएको थियो ।

यस अघि संगीतकार जुगल डँगोलसँगै एकल गीतिसँग्रह ‘मेरो माटो’ बजारमा ल्याएका हरिराम र जुगलको यो दोश्रो सँयुक्त गीतिसँग्रह हो ।

बिमोचन समारोहमा बोल्दै जनकवि दुर्गालाल श्रेष्ठले पुस्तकमा हरिरामले जीवन दर्शनबारे महत्वपूर्ण कुरा समेटेको बताए । सँग्रहको गीत पनि कर्णप्रिय बनेको उनको भनाई थियो ।

यस्तै संगीतकार जुगलले कार्यक्रममा बोल्दै बालसखा हरिराम महर्जनको व्यक्तित्वबारे चर्चा गरे । यस्तै सँग्रहमा रहेको गीतसंगीत बारे पनि उनले जानकारी गराए ।

यस्तै गीतकार हरिराम महर्जनले यस अघि निकालेको मेरो माटोका गीतहरुलाई श्रोता दर्शकले रुचाएपछि सोही प्रेरणाले दोश्रो गीतिसँग्रह मन निकालेको जानकारी गराए । जीवनमा आफुले भोगेका अनुभूतिहरुलाई समेटेर पुस्तक र गीतिसँग्रह ल्याएको पनि उनले बताए ।

सँग्रहका सबैगीत आर्टो म्युजले रेकर्डिङ गरेको हो । गीतको संगीत सँयोजन पनि संगीतकार जुगल डँगोलको हो । यो सँग्रहमा रहेका गीतहरुलाई अग्रज गायक मदनकृष्ण श्रेष्ठ सहित जुजुकाजी रँजित, अमरराज शर्मा, संगीता शाक्य, प्रवेशमान शाक्य, सानुबाबु महर्जन, दीपा महर्जन, उत्तम महर्जन र सरिता शाहीलगायतले गाएका छन् ।