आशा भोसलेद्धारा नेपाली ध्वजाबहाज जहाज अश्किार, भिजिट नेपालकै धज्जी


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ पुष

यतीबेला काठमाडौंमा भारतीय गायिका आशा भोलसे छिन् । भिजिट नेपाल २०२० को प्रचार प्रसार अभियानसँगै उनलाई सम्मान कार्यक्रमका लागि साधना कला केन्द्रका तर्फबाट सँगीतकार मिलन मोक्तानले ल्याएका हुन् । उनीसँगै रँजित गजमेरलाई पनि सम्मान गरिने भएको छ । उनले आज महँगो टिकटमा केही गीतहरु काठमाडौंको एउटा पाँच तारे होटलमा गाउँदैछिन् ।

भिजिट नेपालमा आएकी आशा भोसलेलाई नेपाल बायुसेवा निगमको टिकट काटिएको थियो । तर उनले नेपाल बायुसेवा निगमप्रति अविश्वास जनाउँदै नेपाली ध्वजाबहाक जहाल अस्विकार गरेकी छिन् । नेपाल बायुसेवा निगमका तर्फबाट आशा भोसलेका लागि दिईएको टिकटमा उनी चढ्न नमानेपछि नेपाली ध्वजाबहाज जहाजको खिल्ली उडाईएको छ । उनले ध्वजाबहाज जहाज अस्विकार गरेपछि अन्य बिदेशी जहाजबाट उनलाई नेपाल मगाईएको नेपाल बायुसेवा निगकमा कर्मचारीले बताएका छन् ।

भिजिट नेपाल २०२० को नाममा करिब १५ लाख रुपैयाँ नेपाल पर्यटन बोर्डसँग यो कार्यक्रमका लागि लिईएको सुचना आफुहरुलाई प्राप्त भएको तर भिजिट नेपालकै एक पर्वधक नेपाली ध्वजावहाज जहाललाई अस्विकार गरिएकोमा आफुहरु दुःखी भएको पनि ती कर्मचारीले बताएका छन् ।

नेपाल सँगीतिक संघलाई सह आयोजक बनाएर शनिबार बेलुका सोल्टी होटलमा आशा भोसलेको सँगीतिक कार्यक्रम र भोसले सहित रनजित गजमेरलाई सम्मान कार्यक्रम मोक्तानले राखेका छन् । सम्मान कार्यक्रममा सहभागी हुनका लागि १० देखि १२ हजार रुपैयाँसम्मको टिकट राखिएको छ । बिदेशी कलाकारको सम्मान गरिनु नराम्रो हैन । तर सम्मानको नाममा संघलाई अघि सारेर १२ हजार रुपैयाँसम्मको टिकट राखिएकोमा नेपाल सँगीतिक संघका सदस्यहरुले असन्तुष्टी पोखेका छन् ।